News

Back to News

आपसी सद्भाव र सुशासनमा जोड

18 February, 2012

आधुनिकतासँगै बिग्रदो पारिवारीक सम्बन्ध, चरम स्वार्थपनले गर्दा मुलुकलाई  जहाँ पु¥याउनुपर्ने हो हामीले त्यो गर्न सकेका छैनौ ।  देशमा शान्ति स्थापनाका लागि पारस्पारिक एकता, सहअस्तित्वको भावनाको विकास गराउनुको साथै मानवअधिकारको सुनिश्चताको लागि सकारात्मक सोच, मेलमिलाप र आपसी सद्भावलाई हामी सबैले जोड दिनुपर्छ ।
 
चितवन । युनिभर्सल पीस फेडरेसन नेपालद्वारा आयोजित दीर्घकालीन शान्ति र विकासका लागि असल नेतृत्व र सुशासन बिषायक  क्षेत्रिय शान्ति सम्मेलन  चितवनमा सम्पन्न भएको छ ।  सकारात्मक सोच, मेलमिलाप, सहकार्य र आपसी सद्भावलाई सम्मेलनले जोड दिएको छ । यहि शनिबार भएको  एक दिवसिय सम्मेलनमा उपराष्ट्रपति परमान्नद झा, युपीएफ एसियाका अध्यक्ष डा.चङ्ग सिक योङ, युपीएफ नेपालका अध्यक्ष एवम सभासद एकनाथ ढकाल माओवादी सभासद् नारायण दहाल युपीएफ एसियाका शान्ति शिक्षा निर्देशक डा. रोर्बट यस किटेल लगायले दिगो शान्तिको बारेमा बोलेका थिए । सम्मेलनमा मध्यमाअञ्चलका १९ जिल्लाक लगायत देशका बिभिन्न भागबाट सहभागिता रहेको थियो  । सात देशका शान्तिबादी अगुवाहरूको समेत सहभागित रहेको थियो । 

सम्मेलनमा देश भित्र र बाहिरका विद्वानहरू र नेताहरूबाट समय सामुयिक विषयहरूमा महत्वपूर्ण विचारहरू प्रकट भएका थिए । सम्मेलनले सकारात्मक सोच, मेलमिलाप, सहकार्य र आपसी सद्भावबाट नै शान्तिपूर्ण र समतामूलक समाजको सृजना गर्न सकिने ठहर गरेको थियो । यू.पि.एफ. का संस्थापक विश्व प्रसिद्ध शान्तिवादी आध्यात्मिक नेता महामहीम डा. सन म्योङ्ग मुनले अगुवाई गर्नु भएको  शान्तिको बाटो हामी सबैका लागि अनुकरणीय रहेको उपराष्ट्रपति परमानन्द झाले बताउनुभयो । मुनको  दूरदृष्टिलाई हामीले वास्तविकतामा रूपान्तरण गर्न सक्यौं भने मात्र समाजमा परिवर्तन सम्भव रहेको उपराष्ट्रपति झाको भनाई थियो । अरुले के ग¥यो होईन आपूmले समाज र राष्ट्रको लागि के दिएँ भन्ने महत्वपूर्ण रहेको बताउनुभयो । उपराष्ट्रपति झाले जबसम्म अरुको खातिर मान्छेले जिउन जान्दैन र ठूलो हृदय हुँदैन तवसम्म मान्छेले कहिलेपनि शान्ति नपाउने बताउनुभएको छ ।

सम्मेलनमा युपिएफ एशियाका अध्यक्ष डा.चङ्ग सिक योङले फादर मुन विश्वकै शान्तिको प्रतिक रहेको बताउँदै कुनै अपेक्षा बिना अरुलाई सहयोग गर्ने भावनाको विकास गराउनुपर्ने बताए । सच्चा परिवार नै विश्व शान्तिको मुख्य आधार स्तम्भ रहेको योङले बताए । अरुको खातिर बाचौ भन्ने फादर मुनको शिक्षा सबैले अनुसरण गनुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताउँदै योङ्गले भने ‘फादर मुनसँग नेपालको सम्बन्ध नजिकको छ ।’ विश्व एक घर विश्वका सबै मानिस एउटै परिवार भन्ने फादर मुनको शिक्षाले अहिले झन सार्थकता पाउदै गएको योङ्गको भनाई थियो । युपीएफ विश्वका अधिकाश देशमा सक्रिय रहेको बताउँदै फादर मुनको आत्मबृतान्त अहिले विश्वमा नै लोकप्रीय बन्दै गएको योङ्गले बताए ।

कार्यक्रमा युपिएफ नेपालका अध्यक्ष  एवम् सभासद एकनाथ ढकालबले रोग, भोग, अशिक्षा, भ्रष्टचार, कुशासन, अपराध, पछौटेपन हामी सबैको साझा शत्रु रहेको बताउनु भयो ।  ढकालले  भने नेतृत्व एक साहसिक कला हो जसले धेरैमा आशा र सम्भावनाको खेती गर्न सक्छ । अहिले नेतृत्वको नयाँ ढाँचाको बारेमा विश्वमा वहस भइरहेको छ । जुन ढाँचामा अघि बढे पनि मानवीय मूल्य मान्यता, विधि र संस्कार आधारभूत विषय रहनुपर्ने बताउनुभयो । त्याग र स्पष्टता नेतृत्वको सफलताको लागि कडि रहेको बताउँदै ढकालले महात्मा गान्धीले अहिंसालाई आफ्नो विश्वासको पहिलो विन्दु र आफ्नो यात्राको अन्तिम विन्दु सम्झेको बताए । उनले जब सम्म कुशल नेतृत्व र भ्रष्टचारमुक्त शुसासनको प्रत्याभूति गर्न सकिदैन तव सम्म शान्ति र विकास खतरामा रहिरहने तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले समयानूकुल परिमार्जित र परिस्कृत भएर अघि बढ्नु पर्ने आजको आवश्यकता हो भन्दै जुनसुकै नयाँ काम पनि चिन्तनबाट नै शुरू हुने बताए । उनले भने हामीले पर्खे पनि समयले हामीलाई नपर्खने भएकोले आज देखि नै शान्ति र विकासको लागि नेतृत्वको नयाँ ढाँचा र सुसाशनको आधार बाहिर कतै नभै आपैmबाट शुरू गर्नुपर्नेमा जोड दिए ।  डा. मुनले “साँचो प्रेम नै युनिभर्सल पिस फेडरेसनको आदर्श र निर्देशक सिद्धान्त हो” भन्नेबाट स्पष्ट हुन्छ की यूपिएफ प्रेम र सद्भावको विकास गराउने साझा थलो रहेको उल्लेख गदै एउटै ईश्वरमा केन्द्रित विश्व मानव परिवारको परिकल्पना गर्नुभएको बताए ।
नेपालको शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याई संविधानसभा मार्पmत जनअपेक्षा अनुसारको संविधान जारी गरि राज्यको अग्रगामी पुर्नसंरचनाको बाटो हुँदै आर्थिक  विकासतर्पm लम्कनु हाम्रो सामुहिक कार्यभार  रहेको बताए । लोकतान्त्रिक परिवर्तनको उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र, संघीयता, धार्मिक स्वतन्त्रता, समाबेशीता र परिमार्जित शासकीय स्वरूप तथा निर्वाचन प्रणाली लगायतलाई संस्थागत गरि जारी हुने मिश्रित मोडेलको संविधान नै ताजा जनादेशको आसय रहेको बताए ।
राष्ट्रका जनता र नेतृत्व विचको पारस्परिक एकता र सहकार्यबाट नै सामाजिक रूपान्तरण सम्भव हुने  बताउँदै नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले परिवर्तनकारी नेतृत्वबाट नै परिवर्तन संस्थागत हुने र सुशासन विनाको समाजमा शान्ति र विकासको कुनै स्थान नरहने भएकोले यस तर्पm गम्भिर भै हाम्रा ऐतिहासिक कार्यभार पूरा गर्न एक जिम्मेवार नागरिक, कर्तव्य निष्ठ राष्ट्र सेवक र उत्तरदायी नेतृत्वको रूपमा अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरे । कार्यक्रमा माओवादी सभासद नारायण दहालले शान्ति स्थापनको लागि सबैले आआफनो ठाउँबाट त्याग गर्न सके मुलुकमा चाँडै शान्ति छाउने बताए । शान्तिलाई कसरी संस्थागत गर्ने भन्ने मुख्य चुनौती रहेको दहालको भनाई थियो । शान्ति नेपालको प्रमुख मुद्धा हो भन्दै दहालले दिगो शान्तिको पक्षमा आफू सधै लागिरहेने बताए ।
पूर्व डिआईजी ज्ञानेन्द्र बिक्रम महतले युपिएफ नेपाल शान्ति एकता र सदभावको सन्देश सहितको कार्यक्रम सञ्चालन गरेको बताउँदै यस सम्मेलनबाट मुलुकको शान्ति स्थापनामा इटा थप्ने काम गर्ने बताए । महतले आधुनिकतासँगै बिग्रदो पारिवारीक सम्बन्ध, जातीय बिभेद, चरम स्वार्थपनले गर्दा आज गाँउ टोल देखि मुलुकलाई  जहाँ पु¥याउनुपर्ने हो हामीले त्यो गर्न नसकेको उल्लेख गदै देशमा शान्ति स्थापना मानवअधिकारको सुनिश्चता, जनतासँग प्रत्यक्ष सरोकार राख्ने जनजिबीकाका सवालहरुमा गम्भिर भएर लाग्न सबै राजनीतिक दललाई आग्रह गरे । यस्तो बेलामा हामीले सद्भाव, पारस्पारिक एकता, सहअस्तित्वको भावनाको विकास गराउन जरुरी रहेको महतको भनाई रहेको थियो ।
युपिएफका संस्थापक एवम् विश्व प्रसिद्ध शान्तिबादी तथा आध्यात्मीक नेता महामहिम डा.सन् म्योङ्ग मूनको २०६१ सालमा भएको नेपाल आगमनसँगै शुरुवात भएको नेपालको शान्ति प्रकिया अहिले अन्तिम चरणमा पुगेको बताउदै महतले  मुनको शिक्षा अरुको लागि बाँच्चाँै, साँचो प्रेम, विश्व एक घर विश्वका सम्पूर्ण मानव एउटै परिवार भन्ने मार्ग निर्देशनलाई सबैले आत्मसाथ गर्नुपर्ने बताए ।  विश्व शान्ति तथा एकृकीत परिवार संघका अध्यक्ष बिनोद डाँगीले युपीएफ नेपालले वर्षभरी गरेका शान्ति सम्बन्धी गतिबीधिहरूका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा युपीएफ नेपालका उपाध्यक्ष मुकुन्द शर्मा गजुरेल, शान्तिदूत गणेशकुमार श्रेष्ठ  लगायतले फादर मुनको शिक्षाबारे प्रकास पारेका थिए । कार्यक्रमा युपीएफ एसियका शान्ति शिक्षा निर्देशक डा. रोर्बट यस किटेल र युपीएफ नेपालका लेक्चरर रिचेल जालिपाले शान्ति र विकासबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमा युपीएफका मध्यमाअञ्चल संयोजक राम प्रसाद ज्ञवालीको अगुवाईमा सम्पन्न भएको थियो । यसैबीच युपिएफ नेपालले समाजका  विभिन्न क्षेत्रमा बिशिष्ट योगदान पु¥याउने महानुभावहरूलाई शान्तिदूत अवार्डद्वारा सम्मानित गरेको छ । उपराष्ट्रपति परमानन्द झाले उनीहरूलाई अवार्ड प्रदान गर्नु भएको थियो । सम्मानित हुनेहरूमा हरिहर सन्यास आश्रमका एकसय आठ स्वामी ज्ञाननन्द सरस्वती महाराज, माओवादी सभासद नारायण दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्की, शमसेर दल गणका लेफटिनेट कर्णेल जोतेन्द्र महत, जिल्ला प्रहरी कार्यलय चितवनका एसपी भुपाल कुमार भण्डारी, माउला कालिका मन्दिर धार्मिक सेवा समिती गैडाकोटका अध्यक्ष बिष्णुहरी रिमाल, बरिष्ट योग गुरु यदु नाथ पोखरेल, टंकनाथ पौडयाल, सन्दीप महत, सुबुधा प्रधान, पंकज अग्रवाल, दोस्रो बिश्व युद लडेका बहादुर सिह गुरुङ, थम बहादुर पुन, बल बिक्रम थापा, सुरस कुमार अधिकारी, राजेन्द्र कुमार पिया लगायतका रहेका छन् । सम्मानितहरूले आफूहरुलाई थप जिम्मेवारी पाएको महसुस गर्दै शान्ति स्थापनामा आफूले सकेको भूमिका निर्वाह गर्ने बताए ।